गायिका अन्जु पन्तले गरिन् दोस्रो विवाह (हेर्नुस् तस्विरहरु)


१३ फाल्गुन २०७७, बिहीबार
anju panta thir

काठमाडौं, १३ फागुन । लोकप्रिय गायिका अन्जु पन्तले दोस्रो विवाह गरेकी छिन् । गायिका पन्तले बुधबार इलामका थीर कोइरालासँग दोस्रो विवाह गरेकी हुन् ।

anju3 768x724 1

अन्जु र थीर दुवैको यो दोस्रो विवाह हो । उनीहरुले चर्चमा क्रिश्चियन परम्परा अनुसार विवाह गरेका छन् । दुबै जना क्रिश्चियन धर्ममा आस्था राख्ने भएकाले पनि उनीहरुले चर्चमा बिहे गरेका हुन् ।

anju4 683x768 1

अन्जु र थीर लामो समयदेखि प्रेम सम्बन्धमा रहेको बताइएको छ । उनीहरुको बिहेमा सिमित आफन्तहरु मात्र सहभागी रहेका थिए । यसअघि अन्जुले गायक मनोज राजसँग विवाह गरेकी थिइन् । उनीहरुको एउटा छोरी परितोशिका समेत छिन् । थीर गीतकार पनि हुन् ।

anju 768x420 1

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७