च्याम्पियन्स लिग : रियल मड्रिड र म्यानचेस्टर सिटी विजयी


प्रकाशित मिति : February 25, 2021

काठमाडौं, १३ फागुन । च्याम्पियन्स लिग फुटबलमा रियल मड्रिड र म्यानचेस्टर सिटी विजयी भएका छन् ।

गए राति भएको खेलमा स्पेनिस क्लब रियल मड्रिडले इटालियन क्लब एट्लान्टालाई उसकै मैदानमा १–० गोल अन्तरले पराजित गरेको हो ।

रियल मड्रिको जितमा फेरल्याण्ड मेण्डेले खेलको ८६ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । यस्तै, गएराति नै भएको अर्को खेलमा इङ्लिस क्लब म्यानचेस्टर सिटीले जर्मन क्लब बोरुसिया मन्छेन ग्लाडबाखलाई २–० गोल अन्तरले हराएको छ ।

म्यानचेस्टर सिटीका लागि बेरनार्डो सिल्भाले खेलको २९ औं मिनेटमा र गाब्रियल जिससले ६५ औं मिनेटमा गोल गरेका हुन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस्