मेस्सीको दुई गोलले बार्सिलोना विजयी


१३ फाल्गुन २०७७, बिहीबार
117285403 whatsubject

काठमाडौं, १३ फागुन । स्पेनिस लिग फुटबलमा बार्सिलोनाले एल्चेलाई ३–० ले हराएको छ । गए राति आफ्नै मैदानमा भएको खेलमा बार्सालाई विजयी गराउन लियोनल मेस्सीले दुई गोल गर्दा योर्डी अल्बाले एक गोल थपे ।

जितसँगै तेस्रो स्थानको बार्सिलोनाले अंक तालिकाको दोसो स्थानको रियाल मड्रिडसँगको दूरी २ अंकमा सीमित गरेको छ । २४ खेलबाट बार्सिलोनाको ५० अंक भएको छ भने रियाल मड्रिडको ५२ अंक छ । २३ खेलबाट ५५ अंक जोडेको एथ्लेटिको मड्रिड शीर्ष स्थानमा यथावत छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७