नेपालसँगको सम्बन्ध थप बलियो हुनेछ : बाइडेन


१३ फाल्गुन २०७७, बिहीबार
baiden

काठमाडौं, १३ फागुन । नव निर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनले नेपालसँगको सम्बन्ध थप बलियो बनाउन आफू इच्छुक रहेको बताएका छन् ।

अमेरिकाका लागि नेपालका राजदूत डा.युवराज खतिवडाले बुझाएको ओहोदाको प्रमाणपत्र स्वीकृत गर्ने क्रममा बाइडेनले आफ्नो सरकार दुई देशबीचको सम्बन्ध थप बलियो बनाउन र साझा कार्यसूचीमा एक साथ काम गर्न इच्छुक रहेको बताएका हुन्। कोरोना भाइरस सङ्क्रमणका कारण पत्राचारमार्फत ओहोदाको प्रमाणपत्र बुझाइएको अमेरिकास्थित नेपाली राजदूतावासले जनाएको छ ।

खतिवडाले बुझाएको ओहोदाको प्रमाणपत्र राष्ट्रपति बाइडेनले स्वीकृत गरेका छन् । त्यसक्रममा बाइडेनले खतिवडालाई कूटनीतिक व्यक्तिका रूपमा स्वागत गरेका छन् । त्यसक्रममा खतिवडाले नेपालका प्रधानमन्त्री तथा नेपाली जनताको तर्फबाट राष्ट्रपति बाइडेनको सफल कार्यकाल, सुख र शुस्वास्थ्यको कामना गर्नुका साथै अमेरिका र त्यहाँका जनताको समृद्धिका लागि शुभकामना व्यक्त गरेका थिए ।

साथै राजदूत खतिवडाले नेपालको समग्र विकासमा अमेरिकी सरकारले गरिरहेको सहयोगको सराहना गर्दै आगामी दिनमा बहुपक्षीय क्षेत्रमा सम्बन्ध विस्तार गरेर दुई देशबीच गहिरो र फराकिलो सम्बन्ध बनाउन सहकार्य गर्ने चाहना व्यक्त गरेको अमेरिकास्थित नेपाली राजदूतावासले जनाएको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७