ओली समूहले किन अनिश्चितकालका लागि स्थगित गर्‍यो स्थायी कमिटी बैठक ?


१३ फाल्गुन २०७७, बिहीबार
KP Oli team CCM

काठमाडौं, १३ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको नेकपाको आज (बिहीबार) बस्ने भनिएको स्थायी कमिटी बैठक अर्को सूचना नभएसम्मका लागि भन्दै स्थगित भएको छ ।

ओली समूहले आज स्थायी कमिटी बैठक बोलाइएको थियो । केही स्थायी कमिटी सदस्यहरुले प्रधानमन्त्रीबाट ओलीले राजीनामा दिनुपर्ने सुझाव दिएका थिए । यसअघि बुधबार बसेको बैठकले सर्वोच्चको फैसलाअनुसार नै संसद् बैठक बोलाउन स्थायी कमिटी सदस्यहरुले सुझाव दिएका थिए । आज बोलाइएको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

बुधबार बसेको पहिलो दिनको बैठकले सर्वोच्चको फैसलालाई सम्मान गर्दै १३ फागुनभित्रै संसद बैठक आह्वान गर्ने, पार्टीको अवस्थाबारे थप छलफल गर्न केन्द्रीय कमिटी तथा संसदीय दलको बैठक बोलाउने र बिभिन्न स्थानमा पूर्व निर्धारित सभाहरुलाई निरन्तरता दिने निर्णय गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७