निकुञ्जको गैंडा मारेर खाग बेचेको अभियोगमा काठमाडौंबाट तीन जना पक्राउ


१३ फाल्गुन २०७७, बिहीबार
27c578591a93873be1467b0bdae95daa w1000 h500 cp

काठमाडौं, १३ फागुन । प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरो महाराजगञ्जबाट खटिएको प्रहरी टोलीले चितवन राष्ट्रिय निकुञ्जमा गैंडा मारेर खाग बिक्री गरेको मुद्दामा अनुसन्धान गरी तीन जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ ।

काठमाडैंको धापासीबाट सल्यान शारदा नगरपालिका–५ बस्ने ३१ वर्षीय पुरन रेउले र सीतापाईलाबाट काभ्रे मन्डन देउपुर नगरपालिका–१० ज्यामिरे बस्ने ४८ वर्षीय आइत तामाङ र रसुवा साविक सरमथली गाविस–६ हाल नौकुण्ड गाँउपालिका–३ वस्ने ३६ वर्षीय ज्ञानबहादुर रुम्वालाई पक्राउ गरी ब्युरोले उनीहरुले गैंडाको खाग ओसारपसार एवं खरिद बिक्री गर्न प्रयोग गरेको ना २ च १४५८ नम्बरको गाडी बरामद गरेको छ ।

पक्राउ परेका र उनीहरुबाट बरामद सामानलाई आवश्यक कानुनी कारबाहीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा, चितवनमा पठाइएको ब्युरोका प्रहरी उपरीक्षक तथा प्रवक्ता एवं सूचना अधिकारी गंगा पन्तले बताए ।

यही मुद्दामा संलग्न रहेका अन्य ४ जना अभियुक्तहरुलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरी कारबाहीको लागि पहिले नै चितवन पठाइएको ब्युरोले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७