घुस लिएको आरोपमा सशस्त्र प्रहरीका इन्स्पेक्टरसहित दुई जना पक्राउ


१३ फाल्गुन २०७७, बिहीबार

बुटवल, १३ फागुन । रुपन्देहीको गैडहवामा कार्यरत सशस्त्र प्रहरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर)सहित दुई जना ५० हजार रुपैयाँ घुस लिएको आरोपमा पक्राउ परेका छन् ।

सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प गैडहवा–३ लोण्डिहवा रूपन्देहीका कार्यालय प्रमुख समेत रहेका इन्स्पेक्टर दधिराम पौडेल र सशस्त्र प्रहरी नायव निरीक्षक राजेश पासी बिहीबार पक्राउ परेका हुन् ।

सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा दुवै जनालाई नियन्त्रणमा लिएको बुटवलस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयका प्रवक्ता सुरेश भुसालले जानकारी दिए ।

काठ फर्निचर उद्योग सञ्चालनमा सहजीकरण गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग उक्त रकम घुस लिइसकेको अवस्थामा गैडहवा–३ बाट नियन्त्रण्मा लिएर थप अनुसन्धान अघि बढाइएको उनले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७