राजदूतद्वयद्वारा शपथ


१३ फाल्गुन २०७७, बिहीबार
lokdarsan

काठमाडौं, १३ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष संयुक्त अधिराज्य र दक्षिण अफ्रिकाका लागि नेपालका आवासीय राजदूतद्वय लोकदर्शन रेग्मी र डा. निर्मलकुमार विश्वकर्माले आज पद तथा गोपनीयताको शपथ लिएका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित विशेष समारोहमा उनीहरुले शपथ लिएका हुन् । सो अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलगायत नेपाल सरकारका उच्चपदस्थ अधिकारीको उपस्थिति रहेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७