नेकपा नाम विवादमा सर्वोच्चले फागुन २० गते निर्णय सुनाउने


१३ फाल्गुन २०७७, बिहीबार
sarbochha 1

काठमाडौं, १३ फागुन । नेपाल कम्युनिष्ट पार्टीको नामका विषयमा परेको रिटमाथि सर्वोच्च अदालतले आउँदो फागुन २० गते निर्णय सुनाउने भएको छ ।

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले आफ्नो पार्टीसँग मिल्ने गरी ओली–प्रचण्डलाई नाम दिएको भन्दै निर्वाचन आयोगविरुद्ध दुई वर्ष पहिले रिट दायर गरेका थिए । उक्त रिटमाथि न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासमा बिहीबार सुनुवाइ भएको हो । सुनवाइ सकिए पनि सर्वोच्चले निर्णय भने २० गते मात्रै सुनाउने निवेदक पक्षका अधिवक्ता रत्नप्रसाद जोशीले जानकारी दिए ।

शुरुमा अन्डरलाइन नेपाल कम्युनिस्ट पार्टी दर्ता गर्न पुगेका ओली–प्रचण्डलाई निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी (ने क पा) नाममा दर्ता गरिदिएको थियो । आयोगको उक्त निर्णयविरुद्ध कट्टेल नेतृत्वको नेकपाका तर्फबाट २०७५ मंसिर २१ गते सर्वोच्चमा रिट दायर भएको थियो ।

ओली–प्रचण्ड नेतृत्वकै नेकपाभित्रकै विवाद उत्कर्षमा पुगेका बेला सर्वोच्च अदालतले उक्त रिटमाथि सुनुवाइ गरेको हो । कट्टेलका तर्फबाट बहस गरेका अधिवक्ता रत्नप्रसाद जोशीले आफूहरुले उनीहरुको कोस्टकभित्रको नेकपाको परिभाषा समेत मागेको बताएका छन् । नाम र चुनाव चिन्हको विषयमा अहिले ओली–प्रचण्डबीच विवाद चलिरहेको छ । उक्त विवादमाथि पनि निर्वाचन आयोगले निर्णय गरिसकेको छैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७