प्रचण्ड–माधव नेपाललाई जसपाको प्रश्न : तपाईहरुको पार्टी कुन हो ? {भिडियाे}


१३ फाल्गुन २०७७, बिहीबार
rajendra mahatto

काठमाडौं, १३ फागुन । नेकपाले सत्ता साझेदारीका लागि जनता समाजवादी पार्टीका नेताहरुसँग छलफल गरेको छ ।

पेरिसडाँडामा बिहीबार भएको छलफलका क्रममा सो पक्षका नेताहरुले आफुहरुलाई साथ दिन आग्रह गरेका थिए । सो क्रममा जसपाका नेताहरुले नेकपाको प्रस्तावमाथि दलभित्र छलफल गर्नुपर्ने बताएका थिए ।

छलफलपछि जसपा शिर्ष नेता राजेन्द्र महत्ताले नेकपाले सहयोगको अपेक्षा राखेको र यस बिषयमा पार्टीभित्र आन्तरिक छलफल गर्ने जवाफ दिएको जानकारी दिए ।

अब बन्ने सरकारले संविधान संशोधन, आन्दोलनका क्रममा थुनामा रहेका नेतालाई रिहाइ लगायतका बिषयमा सम्बोधन गर्नुपर्ने उननले बताए ।

छलफलमा नेकपाले मधेशको माग पुरा गर्न आफूहरु शुरुदेखि सकारात्मक रहेको त्यसका लागि प्रयास पनि गरेको आउने दिनमा पनि त्यसको बारेमा छलफल गरेर अगाडि बढ्न सकिने जनाएको थियो ।

प्रतिनिधि सभामा जसपाका ३२ जना सांसद छन । ३४ सांसदमध्ये हरिनारायण रौनियार र रेशम चौधरी निलम्बनमा छन्। यसअघि प्रचण्ड र माधव नेपालले बुधबार बुधबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि छलफल गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७