आइपीओको रिजल्ट अब तीन माध्यमबाट मात्रै हेर्न पाइने


१३ फाल्गुन २०७७, बिहीबार
ipo

काठमाडौं, १३ फागुन । लगानीकर्ताले अब कुनैपनि कम्पनीको साधारण शेयर (आइपीओ)को नतिजा मेरो शेयर, बिक्री प्रबन्धक र आइपीओ जारी गर्ने कम्पनीको वेबसाइटबाट मात्रै हेर्न पाउने भएका छन्।

केन्द्रिय निक्षेप प्रणाली सिडिएससिले नेपाल धितोपत्र बोर्डको निर्देशनमा निजी अनलाईन मिडियाहरुलाई आइपीओ रिजल्ट वितरण नगर्न क्यापिटलहरु निर्देशन दिएको सिडिएसिका प्रमुख कार्यकारी अधिकृत पूर्ण प्रसाद आचार्यले बताए।

यसअघि निजी सञ्चार माध्यमहरुले समेत आइपीओको नतीजा प्रकाशन गर्ने गरेका थिए। अब भने आइपीओ रिजल्ट बिक्री प्रबन्धक,आइपीओ जारी गर्ने कम्पनी र सिडिएससिले मात्रै पाउने भएका छन्।

शुक्रबार बाँडफाँड हुने महिला लघुवित्तको आइपीओ समेत निजी सञ्चार माध्यमलाई उपलब्ध नगराउन निर्देशन दिइएको सिडिएससिले जनाएको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७