पूर्वमन्त्री नवीन्द्रराज जोशीलाई मस्तिष्क घात, अवस्था गम्भीर


१४ फाल्गुन २०७७, शुक्रबार
1577697466nabindraraj joshi

काठमाडौं, १४ फागुन । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीलाई मस्तिष्क घात भएको छ ।

बिहीबार राति वीर अस्पताल लगिएका उनलाई आज (शुक्रबार) बिहान नर्भिक अस्पताल रेफर गरिएको उनको सचिवालय स्रोतले जानकारी दिएको छ । बिहीबार राति शरीरको देब्रे भागमा समस्या भएपछि उनलाई वीर अस्पताल लगिएको थियो । तर त्यहाँ उपचार सम्भव नभएपछि उनलाई नर्भिक सारिएको हो ।

कांग्रेस नेता जोशीको मस्तिष्कमा रगत जमेको र अवस्था गम्भीर रहेको उपचारमा संलग्न चिकित्सकले जानकारी दिएका छन् । अहिले उनको आकस्मिक शल्यक्रिया गर्ने तयारी भइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७