‘नाइजेरियामा बन्दुकधारीले ३ सय छात्रा अपहरण गरे’


१४ फाल्गुन २०७७, शुक्रबार
b65d8ad107e2228536ec9d976f545786 w1000 h500 cp

काठमाडौं, १४ फागुन । नाइजेरियाको जाम्फ्रामा तीन सय छात्रा अपहरण भएको आशंका गरिएको छ । एक शिक्षकले बीबीसीसँग बताएअनुसार शुक्रबार बिहान बन्दुकधारीले गरेको हमलापछि झण्डै ३ सय छात्राको अवस्था अहिलेसम्म अज्ञात छ ।

सरकारका एक प्रवक्ताले हमलाको पुष्टि गरेका छन् । तर यसभन्दा बढी केही जानकारी दिएका छैनन् । यो अपहरण पछिल्लो केही हप्तायताकै ठूलो भएको बीबीसीले जनाएको छ । शुक्रबार स्थानीय समयअनुसार राति करिब १ बजे हमला भएको हो । एक शिक्षकले पञ्च नामक न्युज वेबसाइटसँग जंगबे इलाकास्थित एक स्कुलमा मोटरसाइकल र गाडीमा आएका बन्दुकधारीको एक समूहले हमला गरेको हो ।

रिपोर्टअनुसार आक्रमणकारीले सरकारी सुरक्षा अधिकारीले जस्तो पोसाक लगाएका थिए, जसले छात्रालाई जबरजस्ती आफ्ना गाडीमा राखेर लगे । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७