पहाडी भेगमा मेघगर्जनसहित चट्याङ र वर्षाको सम्भावना


१५ फाल्गुन २०७७, शनिबार
kathamandu

काठमाडौं, १५ फागुन । नेपालमा अझै पश्चिमी वायुको प्रभाव कायमै रहेको छ । पश्चिमी वायुको प्रभावकै कारण आज (शनिबार बिहान) देशको पहाडी भेगमा मौसम आंशिकदेखि सामान्यसम्म बदली मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस बाहेकका स्थानमा भने मौसम सामान्यतया सफा छ भने तराईका थोरै ठाउँमा हल्का कुहिरो हुस्सु लागेको महाशाखाले जनाएको छ । मौसम महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो पहाडी भेगका एक–दुई स्थान (जहाँ पनि हुन सक्छ) मा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षाको सम्भावना हुने सम्भावना छ । साथै उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई ठाउँमा हल्का हिमपात हुने संकेत पाइएको छ ।

यस्तै राति पनि पहाडी भेगका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षाको सम्भावना छ। साथै उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई ठाउँमा हल्का हिमपात हुने लक्षण देखिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७