पर्यटन प्रचारका लागि परम्परागत खाना


१५ फाल्गुन २०७७, शनिबार
khana
सांकेतिक तस्वीर

काठमाडौं, १५ फागुन । नेपाली मौलिक तथा परम्परागत खानामार्फत पर्यटन प्रवर्धन गरिने भएको छ । कोभिड–१९ बाट थला परेको नेपालको पर्यटन क्षेत्रलाई पुनःस्थापना गर्नका लागि ग्यास्टोनोमी टुरिजम एशोसिएशन अफ नेपालले नेपाली मौलिक तथा परम्परागत खानामार्फत पर्यटन प्रवद्र्धन गर्न लागेको हो । प्रवर्

एशोसिएशनका अध्यक्ष सुरेशचन्द्र बस्नेतले नेपालको मौलिक खानामार्फत विदेशी पर्यटक भित्र्याउन ग्यास्टोनोमी टुरिजम (खाना पर्यटन) लाई विकास गर्न लागिएको जानकारी दिए । ‘एशोसिएशनले सातै प्रदेशमा नेपाली खानाको सम्भावित परिकारको बारेमा खोजी गरी मौलिक तथा परम्परागत खानामार्फत पर्यटन प्रवर्धनमा लाग्नेछ’, उनले भने ।

एशोसिएशनले कोरोनाका कारण होटल बन्द हुँदा कयौँ व्यवसायी तथा मजदूरले रोजगार गुमाउनु परेको भन्दै होटल व्यवसायी र मजदूरलाई उचित राहतको व्यवस्था मिलाउन सरकारलाई आग्रह समेत गरेको छ । एशोसिएशनका सचिव भावना केसीले नेपालको आर्थिक मेरुदण्डका रुपमा रहेको पर्यटन क्षेत्रलाई पुनःस्थापनाका लागि सरकारले विशेष योजना बनाउनुपर्ने बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७