मुकेश अम्बानीको घर नजिक छाडिएको गाडीभित्र जब भेटियो जिलेटिन र ‘तिम्रो परिवारै उडाई दिन्छु’ भन्ने पत्र


१५ फाल्गुन २०७७, शनिबार
8e45e1cefe82f18b9d2d96d4c1deb987 w1000 h500 cp

काठमाडौं, १५ फागुन । रिलायन्स इन्डस्ट्रिजका सञ्चालक मुकेश अम्बानीको घर नजिकै बिहीबार शंकास्पद अवस्थामा स्कार्पियो जिप फेला परेपछि सनसनी फैलिएको छ ।

मुम्बई अपराध शाखाले घटना अनुसन्धानका लागि १० टोली बनाएको छ । अपराध शाखाले घटनााबारे ठूलो सूचना प्राप्त गरेको बताइएको छ । शाखाका प्रमुख मिलिन्द भारम्बेले शुक्रबार दिएको जानकारीअनुसार स्कार्पियो जीपको पछाडि इनोभा गाडी पनि केही मिनेट रोकिएको थियो ।

mukesh ambani
मुकेश अम्बानी

अनुसन्धानबाट पत्ता लागेअनुसार इनोभा गाडी राति १ बजेर २० मिनेटमा ठाणेबाट प्रस्थान गरेको थियो । बाटोमा उसले प्रियदर्शिनी चोक नजिकबाट संदिग्ध स्कार्पियो कारलाई पनि साथै लिएर गयो । दुवै गाडी राति २ बजेर १८ मिनेट जाँदा मुकेश अम्बानीको घर नजिक पुगे । स्कार्पियो त्यहीं राखियो । त्यसका चालक ३–४ मिनेट पछि आफ्नो कारबाट बाहिर निस्किए र इनोभा गाडीमा बसे । अनि त्यही गाडी लिएर उनी गए । इनोभा गाडीको नम्बर समेत नक्कली पाइएको छ ।

मुम्बई अपराध शाखाको स्रोतका अनुसार स्कार्पियो कारमा जनु जिलेटिन बरादम भयो, त्यो ऐराली–मुलुन्डबीचमा पर्ने एक पुल नजिकबाट चोरिएको हो । यो स्थान विक्रोली पुलिसको अधिकार क्षेत्रमा पर्छ ।

कार मालिक ठाणे निवासी हुन् । उनी यही फेब्रुअरी १७ राति परिवारका साथ कारमा चढेर कुनै कार्यक्रममा जाँदै थिए । बाटोमा गाडी बिग्रियो । यसैकारण उनले त्यो कार त्यहीं राखेर अर्काे ट्याक्सी चढेर गए । जब फर्किएर आए तब उनको गाडी चोरी भयो । उनले प्रहरीमा उजुरी दिए ।

त्यस क्रममा चोरले कारको प्लेट नम्बर नै बदलिदिए । इन्जिन र चेसिस नम्बर समेत फेरे ।
जुन नम्बर प्लेट फेरियो त्यो मुकेश अम्बानीको प्रमुख गाडीसँग मिल्यो । अचम्मको कुरा, चोरी गरिएको गाडीमा आधा दर्जन अवैधानिक नम्बर प्लेट पनि फेला परेका छन् । ती सबै अम्बानीकै कम्पनीका कारका नम्बर हुन् ।

त्यस स्कार्पियो कारमा २१ थान जिलेटिन पनि फेला परेका छन् । अपराध शाखाको स्रोतका अनुसार कारबाट बरामद जिलेटिन १२५ ग्राम थियो । जुन विस्फोटमा प्रयोग गरिन्छ । त्यो पड्किएको भए कार नै ध्वस्त हुन्थ्यो । मुम्बई अपराध शाखाका प्रमुख मिलिन्द भारम्बेका अनुसार विस्फोटको प्रभाव ३० वर्ग फिटसम्म पर्छ ।

अनुन्धान टोलीले कारमा एउटा पत्र पनि फेला पारेको छ । जसमा लेखिएको छ– ‘मुकेश दाइ तथा नीता भाउजू ! यो त झलक मात्रै हो । अर्काे पटक यो सामान पूर्ण रूपमा जडान गरिने छ । ओरिजिलन गाडीमा आउने छ । तपाईंको सबै परिवार उडाउने योजना छ । सचेत रहनुस् ।’ कारमा एउटा ब्याग पनि फेला परेको छ । जसमा मुम्बई इण्डियन्स लेखिएको छ । महराष्ट्र सरकारले घटना अनुसन्धानको जिम्मा मुम्बई अपराध शाखालाई दिएको छ । तर शुक्रबारदेखि एनआईएको टोलीले पनि अनुसन्धान गरिरहेको छ । नवभारत टाइम्सबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७