राजीनामा नदिने अडानले थप संकट


१६ फाल्गुन २०७७, आईतवार
kp oli2021 02 24 06 40 07

काठमाडौं, १६ फागुन । मन्त्रिपरिषद्ले २३ गते संसद बैठक बस्ने गरी अधिवेशन आह्वान गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको छ । २३ गतेअघि प्रधानमन्त्री केपी ओलीले राजीनामा दिएनन् र बीचमा कुनै नाटकीय सहमति भएन भने राजनीतिक झन् अन्योलग्रस्त हुनेछ ।

संसद् अधिवेशन सुरु हुनुअघि ओलीले राजीनामा नदिए बैठकमा यो विषय सशक्त रुपमा उठ्नेछ । राजीनामाको विषयले संसद् बैठक अवरुद्ध हुने अवस्था आउन सक्ने देखिन थालेको छ ।
प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री ओलीको कदम सर्वोच्च अदालतले बदर गर्दै पुनः स्थापना गरेपछि नैतिकताको आधारमा उनले राजीनामा दिनुपर्थ्यो । तर, ओलीले राजीनामा नदिने हठ लिएका छन् । आफूलाई काम गर्न नदिएको भन्दै उनले प्रतिनिधिसभा विघटन गरेका थिए ।

नेकपाको दाहाल–नेपाल समूहले प्रतिनिधिसभा विघटन गरी प्रतिगमनकारी काम गरेको भन्दै ओलीविरुद्ध अविश्वासको प्रस्ताव लैजाने तयारी गरेको छ । ओलीले आत्मालोचना गरेमात्र उनीसँग सहकार्य हुन सक्ने दाहाल–नेपाल समूहले बताएको छ । तर ओली आत्मालोचना गर्ने पक्षमा पनि छैनन् । नागरिक दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७