जागिर जोगाउन प्रधानाध्यपकद्वारा ७ विद्यार्थी बन्धक


१६ फाल्गुन २०७७, आईतवार
KIDNAPPED 57cb7da4982081.25862645

पोखरा, १६ फागुन । घरपायक जागिर र पल जोगाउन कास्कीको मादी गाउँपालिका ६ सयपत्री टोलस्थित भूमि आधारभूत विद्यालयका प्रधानाध्यपकले ७ विद्यार्थीलाई २ वर्षदेखि बन्धक बनाएको खुलेको छ ।

विद्यालयबाट उम्किन खोजेका विद्यार्थीलाई प्रधानाध्यापक इन्द्रबहादुर थापा मगरले कुटपिट गरेर सख्त घाइते बनाएपछि घटना सार्वजनिक भएको हो । मादी नदी किनारमा बाटो खानिरहेका मजदुरले शुक्रबार प्रधानध्यापक मगरले विद्यार्थीलाई कुटपिट गर्दै लछारपछार गरेको देखेपछि गाउँपालिका कार्यालयमा खबर गरेका थिए ।

प्रहरीसहितको टोलीले घटनाबारे बुझ्दा मगरले विद्यार्थीलाई दयनीय अवस्थामा बन्धक बनाएको पाइएको हो । कान्तिपुर दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७