प्रधानमन्त्री औद्योगिक पार्क शिलान्यास गर्न गृह जिल्ला झापा जाँदै


१६ फाल्गुन २०७७, आईतवार
kp oli 5

काठमाडौं, १६ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली आज (शनिबार) गृह जिल्ला झापा जाँदै छन् । प्रधानमन्त्री ओली झापामा औद्योगिक क्षेत्र शिलान्यासलगायतका कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ ।

झापाको दमक नगरपालिका, कमल गाउँपालिका र गौरादह नगरपालिकामा फैलिने औद्योगिक क्षेत्रलाई ‘चीन–नेपाल मैत्री औद्योगिक पार्क’ नाम दिइएको छ । ६४ अर्ब रुपैयाँ लगानी रहने ‘चीन–नेपाल मैत्री औद्योगिक पार्क’ पीपीपी मोडलमा निर्माण गर्ने सम्झौता भइसकेको छ ।

सरकारले एक सातामा पाँच वटा औद्योगिक क्षेत्र शिलान्यास कार्यक्रम निर्धारण गरेको थियो । सो कार्यक्रमअनुसार फागुन १० गते कञ्चनपुरको दैजीछेला औद्योगिक क्षेत्र, फागुन ११ गते बाँकेको नौबस्ता औद्योगिक क्षेत्र, फागुन १३ गते रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्र र १४ गते मकवानपुरको मोतीपुर औद्योगिक क्षेत्र शिलान्यास भइसकेका छन् ।

हाल नेपालमा ११ वटा औद्योगिक क्षेत्र सन्चालित छन् । पछिल्लो समय प्रधानमन्त्रीको अधिकांश समय आफ्नै पार्टीको जनसभा, उद्घाटन, शिलान्यासलगायतका कार्यक्रममा खर्च हुँदै आएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७