पशिचमी वायुको आंशिक प्रभाव : पहाडी भू–भागमा मेघगर्जन र चट्याङसहित वर्षा


१६ फाल्गुन २०७७, आईतवार
kathamandu

काठमाडौं, १६ फागुन । नेपालमा अझै पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसमविदले बताएका छन् । पश्चिमी वायुको आंशिक प्रभावका कारण आज (आइतबार) देशका पहाडी भू–भागहरुको मौसममा आंशिकदेखि सामान्य बदली रहेको छ ।

आज दिउँसो वाग्मती प्रदेशसहितका देशका पहाडी भू–भागहरुमा आंशिक बदली रहने मौसमविदले जानकारी दिएका छन् । प्रदेश–१ को पहाडी भू–भागका एक–दुई स्थानमा भने मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशका केही पहाडी भू–भागमा एक–दुई दिन आंशिक बदली रहने महाशाखाका मौसमविद् वरुण पौडेलले जानकारी दिए । ‘पूर्व र मध्य क्षेत्र (वाग्मती प्रदेशसहित) का पहाडी भू–भागमा एक–दुई दिन आंशिक बदली रहनेछ,’’ पौडेलले बाह्रखरीसित भने, ‘‘गण्डकी प्रदेशमा आजैदेखि मौसममा सुधार हुँदै जानेछ ।’

तर, तत्काल ठूलो वर्षा र मौसम परिवर्तनको सम्भावना नरहेको उनले बताएका छन् । केही स्थानमा फाट्टफुट्ट वर्षा भने हुनसक्ने उनको भनाइ छ । आज देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको समेत सभावना रहेको जनाइएको छ ।
महाशाखाका अनुसार आज बिहान पौने ६ बजेको मापनअनुसार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १४ डिग्री सेल्सियस रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७