अवहेलना मुद्दामा लिखित जवाफ दिन प्रचण्ड सर्वोच्च अदालतमा


१६ फाल्गुन २०७७, आईतवार
prachanda sarwachha ma1614490170

काठमाडौं, १६ फागुन । अदालतको अवहेलना मुद्दामा ‘आफैं उपस्थित भएर जवाफ दिनू’ भन्ने आदेशपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सर्वोच्च अदालत पुगेका छन् ।

अदालतको अवहेलनासम्बन्धी रिट उपर सर्वोच्चद्वारा जारी निर्देशन पालना गर्दै नेकपा अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले सर्वोच्च अदालतमा लिखित जवाफ पेश गरेका छन् । अध्यक्ष प्रचण्ड आइतबार सर्वोच्चमा पुगेर लिखित जवाफ पेश गरेको हो ।

प्रचण्डले अदालतप्रति आफ्नो उच्च सम्मान रहेको लिखित जवाफ बुझाएको हो । उनको जवाफमा जुलुस नारा र भाषणले स्वतन्त्र र सुक्ष्म न्यायपालिका (अदालत)लाई प्रभाव पर्ने र पार्ने कुरा हुन नसक्ने उल्लेख गरिएको छ । अहिले आफू एउटा दलको नेता र सामान्य नागरिक मात्रै रहेकाले उक्त भनाइ अदालतको मानहानी हुन नसक्ने जिकिर प्रचण्डको छ ।

गत बुधबार सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले प्रचण्डलाई ७ दिनभित्र आफैं उपस्थित भई लिखित जवाफ पेश गर्न आदेश दिएको थियो ।
अदालतको अवहेलनाकै मुद्दामा यसअघि चार पूर्व प्रधानन्यायाधीश– मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्की, प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वसभामुख दमननाथ ढुंगानाले सर्वाेच्च अदालत पुगेर लिखित जवाफ पेस गरिसकेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७