सर्वोच्चलाई प्रचण्डको जवाफ : मेरो अभिव्यक्तिले अदालतको अवहेलना गर्दैन (पूर्णपाठ)


१६ फाल्गुन २०७७, आईतवार
1614491931 dahal jabaf 1200x560 1

काठमाडौं, १६ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अदालतको अवहेलना मुद्दामा जवाफ दिएका छन् । आज (आइतबार) सर्वोच्च अदालतमा आफैं उपस्थित भएर लिखित जवाफ दिएका हुन् ।

आन्दोलनका क्रममा पुस ५ गते दिएको अभिव्यक्तिबारे अदालतमा अवहेलना मुद्दा परेको थियो ।
न्यायाधीश मनोजकुमार शर्माको इजलाशले दाहाललाई अदालतमा आफैं उपस्थित भएर अवाफ पेश गर्न आदेश गरेको थियो । दाहालविरुद्ध अधिवक्ता समीर हायूले मुद्दा दर्ता गरेका थिए ।
त्यसको जवाफ दिँदै प्रचण्डले निवेदको दाबी झुटो भएको जिकिर गरेका छन् ।

उनले लिखित जवाफमा भनेका छन्, ‘निवेदकको बुँदा नम्बर ३–४ मा उल्लेख संवैधानिक व्यवस्था स्वीकार गरेर नै संवैधानिक अदालतमा हाम्रो पार्टीका सांसदले रिट निवेदन लिएर आएको तथ्य स्पष्ट नै छ । हरेक नागरिकले आफ्नो मुद्दामा जितको आश गर्नु सामान्य मानवीय स्वभाव हो ।

यस्तो कुरा स्मरण गर्नु, व्यक्त गर्नु मुद्दाको पक्षको अधिकार नै हो । तर, सो कुरा व्यक्त गर्न नै नपाउने, आशा, भरोसा गर्न नपाउने विधिशास्त्रीय कुराभित्र पर्दैन । फैसला अवज्ञा गर्ने वा फैसला उल्लंघन गर्ने भन्ने कुरा म र मेरो दलबाट हुनु हुँदैन । फैसलामा मुद्दाका पक्षले सन्तोष, असन्तोष व्यक्त गर्नु पनि स्वाभाविक हो ।’

आफूहरुको जुलुस, नारा र भाषणले स्वतन्त्र सक्षम न्यायपालिकालाई प्रभाव पर्ने र पार्ने कुरा हुन सक्दैन भन्दै प्रचण्डले भनेका छन्, सरकार र उसका नातेदार अदालतलाई कमजोर ठान्छन् । त्यसैले यस्ता निवेदन हाल्न लगाउँछन् ।’

प्रचण्डले जवाफमा लेखेका छन्, ‘मैले सावजनिक सभामा मुद्दाका विषयमा बोलेको नभइ कार्यकारिणीको बदनियत र उसको संविधानविरुद्धको कामबारे जनतालाई सुसूचित गराउने र आफ्नो धारणा व्यक्त गर्ने काम गरेको हुँ । यसबाट अदालतको अवहेलना हुनै सक्दैन ।’

यस चार पूर्व प्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्की, प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वसभामुख दमननाथ ढुंगानाले पनि अवहेलना मुद्दामा जवाफ दिएका थिए ।

हेर्नुस् पूर्णपाठ

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७