म्यानमारमा प्रदर्शनकारीमाथि प्रहरीले चलायो गोली : दुईको मृत्यु, दर्जनौं घाइते


१६ फाल्गुन २०७७, आईतवार
myanmar 7KGD5nV5pB

काठमाडौं, १६ फागुन । म्यानमारमा आज (आइतबार) को सैन्य ‘कू’ को विरोधी प्रदर्शन गर्नेमाथि प्रहरीले बल प्रयोग गरेको छ । जसका कारण दुई जनाको मृत्यु भएको छ । यसका साथै दर्जनौं प्रदर्शनकारी घाइते भएको खबर छ ।

समाचार एजेन्सी रोयटर्सले म्यानमार प्रहरीले आइतबार सैन्य शासनको विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि गोली चलाउँदा दुई जनाको मृत्यु भएको र दर्जनौं घाइते भएको पुष्टि गरेको छ । प्रहरीले यंगून शहरका विभिन्न इलाकामा टियर ग्याँस र स्टन ग्रेनेड फ्याँकेका थिए । तर यति गर्दा पनि प्रदर्शनकारीको भीड तितरबितर नहुँदा प्रहरीले गोली चलाएको थियो ।

एक डाक्टरले नाम नबताउने शर्तमा एक व्यक्तिको छातीमा गोली लागेपछि अस्पताल ल्याइएको र उनको मृत्यु भएको जानकारी दिएका छन् । मिज्जिमा मिडिया आउटलेटले पनि यो मृत्युको पुष्टि गरेको छ ।

यसका साथै प्रहरीले देवाईको दक्षिणी इलाकामा पनि गोलीबारे गरेको छ । जसमा एक व्यक्तिको मृत्यु् भएको छ र थुप्रै घाइते भएका छन् । म्यानमारका राजनेता क्या मिन तिकेले यो जानकारी रोयटर्सलाई दिएका छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७