ट्राफिक प्रहरीद्वारा ‘नागरिकमैत्री ट्राफिक प्रहरी सेवा’ कार्यक्रम शुरु {भिडियाे}


१६ फाल्गुन २०७७, आईतवार
trafic police

काठमाडौं, १६ फागुन । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक प्रहरीको आचरण व्यवहारमा थप सुधार गरी नागरिकमैत्री ट्राफिक प्रहरी सेवा प्रदान गर्न कार्यक्रम शुरु गरेको छ ।

महाशाखाले ट्राफिक प्रहरीले सेवाग्राहीसँग गर्ने आचरण व्यवहारलाई थप नागरिकमैत्री बनाउने उद्देश्यले प्रहरी कर्मचारीको व्यवहारमा थप सुधार लक्षित कार्यक्रमको शुरुवात गरेको जनाएको छ ।


ट्राफिक प्रहरीले गर्ने दैनिक काम कारबाही एव गतिबिधिका क्रममा आउने सेवाग्राही तथा सडक प्रयोगकर्ताहरुसँग नागरिकमैत्री व्यबहार सहित सहज, सरल एंव पारदर्शी सेवा प्रदान होस भन्ने अभिप्रायले यस मुल्याङ्कन पद्दति सहित पुरस्कृत गर्ने परिपाटीको शुरुवात गरेको हो ।

ट्राफिक प्रहरीबाट सेवाग्राही तथा सडक प्रयोगकर्ताहरुसँग सभ्य, शिष्ट र पारदर्शी रुपमा उत्कृष्ट सेवा प्रदान गर्ने उद्देश्यले नागरिकमैत्री ट्राफिक प्रहरी छनौट कार्यबिधी २०७७ बनाई लागु गरिएको महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले जानकारी दिए । प्रत्येक महिना सर्बोत्कृष्ट कार्य सम्पादन गर्ने दुई जनालाई बृत्ति बिकासमा जनिने गरि नगद पुरस्कार एव सम्मान समेत गरिने उनले बताए ।

यसले आम सेवाग्राहि एंव सडक प्रयोगकर्ताहरुलाई नागरिकमैत्री व्यबहार सहित उत्कृष्ट सेवा प्रदान गर्न र समग्र कार्य सम्पादनमा प्रभावकारिता एव स्तरबृद्धि गर्न कोशेढुङ्गो साबित हुने उनले बताए । ट्राफिक प्रहरीले सेवाग्राहीसँग गर्ने आचरण व्यबहारमा थप सुधार गरि नागरिकमैत्री सेवा प्रदान गर्न महाशाखाले “नागरिकमैत्री ट्राफिक प्रहरी छनौट कार्यबिधी २०७७” लागु गरेको जनाएको छ । कार्यक्रममा उत्कृष्ठ कार्यसम्पादन गर्ने ट्राफिक कर्मचारीलाई पुरस्कृत गरिएको थियो ।

भिडियाे

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७