शिक्षकको अब जिल्लान्तर सरुवा हुने


१६ फाल्गुन २०७७, आईतवार
Teacher Nepal PhFLuVO2N4

काठमाडौं, १६ फागुन । शिक्षकहरुलाई एक जिल्लाबाट अर्को जिल्लामा सरुवा हुन बाटो खुला भएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले आज (आइतबार) सूचना जारी गरी गत पुस २० गतेदेखि रोकिएको शिक्षकहरुको जिल्लान्तर सरूवा खुला गरिएको जनाएको छ ।

जिल्लान्तर सरूवा हुने स्थानीय तह तथा जिल्लाभित्रकै एक स्थानीय तहबाट अर्को स्थानीय तहमा सरूवा गर्दा सम्बन्धित स्थानीय तहले दरबन्दी मिलानको कार्य सम्पन्न गरेको प्रतिवेदन प्राप्त भएपछि मात्र सरूवा गर्न सक्ने केन्द्रको सूचनामा उल्लेख छ ।

शिक्षा विकास तथा समन्वय इकाइले जिल्लान्तर सरुवा भई आउने शिक्षकहरुको विवरण पाक्षिक रुपमा केन्द्रमा अनिवार्य पेश गर्नुपर्ने उल्लेख छ । केन्द्रका सूचना अधिकारी माधवप्रसाद दाहालका अनुसार विभिन्न शर्तहरूको अधिनमा रहेर शिक्षक सरूवा गर्न सकिने व्यवस्था गरिएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७