महाभियोगबाट मुक्तिपछि ट्रम्पको पहिलो भाषण : बाइडेनले ‘अमेरिका फर्स्ट’ नीतिलाई ‘अमेरिका लास्ट’ बनाए


१७ फाल्गुन २०७७, सोमबार
2a7bf8145cffa1858668ebf8cd09dc59 w1000 h500 cp

काठमाडौं, १७ फागुन । महाभियोगबाट मुक्त भएपछि अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले पहिलोपल्ट सार्वजनिक मञ्चबाट भाषण गरेका छन् ।

कन्जर्भेटिभ पोलिटिकल एक्सन कन्फ्रेन्स (सीपीएसी) मा पहिलो भाषण दिँदै ट्रम्पले राष्ट्रपति बाइडेनको आलोचना गरेका छन् । बीबीसीका अनुसार उनले ‘अमेरिका फर्स्ट’ को नीति बाइडेनले ‘अमेरिका लास्ट’ बनाएको आरोप लगाएका हुन् ।

सीपीएसीको सम्मेलन (कन्फ्रेन्स) फ्लोरिडामा भएको हो । जसको प्रभाव रिपब्लिकनमा अहिलेसम्म छ । सीपीएसी सम्मेलनमा वार्षिक रूपमा हुन्छ । जसमा अमेरिकाभरिका रूढिवादी नेताले भाग लिन्छन् । ट्रम्पले एक घण्टाभन्दा बढी भाषण गरे ।

उनले भने, ‘म तपाईंहरूलाई के भन्न आएको हुँ भने ४ वर्षअघि मैले जुन यात्रा सुरु गरेको थिएँ, त्यो अन्त्य भइसकेको छैन । म यहाँ आफ्नो भविष्यबारे कुरा गर्न आएको हुँ । मेरो आगामी यात्रा, हाम्रो पार्टीको भविष्य र प्यारो मुलुकको भविष्य ।’

त्यस क्रममा ट्रम्पले आफूले नयाँ राजनीतिक दल खोल्न लागेको भन्ने हल्ला झुटो भएको पनि बताए । उनले भने, ‘नयाँ पार्टी बनाइयो भने हाम्रो भोट विभाजन हुन्छ र हामी कहिले जित्न सक्दैनौं । ट्रम्पले राष्ट्रपति बाइडेनको सुरुवाती निर्णयको आलोचना गरे । खासगरी प्रवासी नीतिविरुद्ध उनले आक्रमण गरे । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७