आणविक सम्झौताबारे छलफल गर्ने अमेरिकाको प्रस्ताव इरानद्वारा अस्वीकार


१७ फाल्गुन २०७७, सोमबार
iran us

काठमाडौं, १७ फागुन । इरानले आणविक सम्झौता पुन लागू गर्नेबारे अमेरिकाले गरेको अनौपचारिक छलफलको प्रस्ताव अस्वीकार गरेको छ ।

इरानले आफूविरुद्ध लगाइको प्रतिबन्द नहटाएसम्म वार्ताको वातावरण नबन्ने भन्दै अमेरिका र युरोपेली युनियनको प्रस्ताव अस्वीकार गरेको हो । सन् २०१५ मा भियनामा भएको आणविका सम्झौता तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एकतर्फी रुपमा भंग गरेर आफूमाथि दवाव दिएको इरानको आरोप छ ।

सो आणविक सम्झौता अनुसार इरानले आफ्नो आणविक शक्ति उत्पादनलाई क्रमश घटाउँदै लैजाने बताइएपनि पालना नभएको भन्दै अमेरिकाले सम्झौताको एकतफी रुपमा भंग गरेको जनाएको थियो ।

अमेरिकाको नेतृत्व परिवर्तन भएसँगै राष्ट्रपनि जो वाइडेनले आणविकका सम्झौतालाई नयाँ ढंगबाट लागू गर्ने बताएसँगै केही महिनाअघि इरानले वार्ता गर्न सकिने जनाएको थियो । तर राष्ट्रपति वाइडेनले सम्झौता पालना गुर्नपर्ने पहिलो शर्त भएको बताएसँगै इरान वार्ताबाट पछि हटेको हो । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७