टोटेनह्यामको शानदार जित, म्यानचेस्टर युनाइटेड र चेल्सी गोलरहित बराबरी


१७ फाल्गुन २०७७, सोमबार
6ce889110bde8c56ad471b5a41edf88e w1000 h500 cp

काठमाडौं, १७ फागुन । इङ्लिस प्रिमियर फुटबलमा म्यानचेस्टर युनाइटेडले म्यानचेस्टर सिटीसँगको अङ्क दूरी १२ मा झारेको छ ।

गए राति भएको खेलमा चेल्सीसँग गोलरहित बराबरी खेलेको म्यानचेस्टर युनाइटेडले २६ खेलमा ५० अङ्क जोड्दै पहिलो स्थानको म्यानचेस्टर सिटीसँग अङ्क दूरी घटाएको हो । म्यानचेस्टर सिटीको समान २६ खेलबाटै ६२ अङ्क छ । चेल्सी ४४ अङ्कसहित तालिकाको पाँचौं स्थानमा छ । यस्तै गए राति भएकै खेलमा लिभरपुलले सेफिल्ड युनाइटेडलाई २–० गोल अन्तरले पराजित गरेको छ ।

लिभरपुलको जितमा खेलको ४८ औं मिनेटमा कर्टिस जोनले गोल गरे । खेलको ६४ औं मिनेटमा सेफिल्डका केन ब्रायनले आत्मघाती गोल गरे । यस्तै, गए राति नै भएको खेलमा टोटेनह्यामले सानदार जित निकालेको छ । उसले बनर्ली ४–० गोल अन्तरले पराजित गरेको छ ।

टोटेनह्यामलाई जित दिलाउन ग्यारेथ बेलले खेलको २ र ५५ औं मिनेटमा गरी दुई गोल गरे । यस्तै, ह्यारी केन र लुकास मौराले एक–एक गोल गरे । जितसँगै टोटेनह्यामले २५ खेलमा ३९ अङ्क जोडेर तालिकाको आठौं स्थानमा छ ।

बनर्ली २८ अङ्क जोडेर १५ औं स्थानमा रहेको छ । यस्तै, गएराति भएकै अर्को खेलमा आर्सनलले लेस्टर सिटीलाई ३–१ गोल अन्तरले पराजित गरेको छ भने क्रिस्टल प्यालेस र फुलह्यामले गोलरहित बराबरी गरेका छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७