भारतीय प्रधानमन्त्री मोदीले लगाए कोरोनाको खोप


१७ फाल्गुन २०७७, सोमबार
modi

नयाँदिल्ली, १७ फागुन । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । उनले आज (सोमबार) बिहान एम्स अस्पतालमा कोरोनाविरुद्धको खोप लगाएका हुन् ।

समाचार एजेन्सी एएनआईका अनुसार मोदीले स्वदेशमै उत्पादित कोभ्याक्सिन खोपको पहिलो डोज लिएका हुन् । कोभ्याक्सिन भारतीय कम्पनी वायोटेकले उत्पादन गरेको हो । भ्याक्सिन लगाएपछि प्रधानमन्त्री मोदीले ट्वीटरमा लेखेका छन्, ‘आउनुहोस् मिलेर भारतलाई कोभिड–१९ बाट मुक्त बनाऔं ।’

दीले भारतका डाक्टर र वैज्ञानिकहरुले कोभिड–१९ विरुद्धको लडाइँलाई मजबुत बनाउन तीव्र रुपमा काम गरिरहेको भन्दै प्रशंसा पनि गरेका छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७