स्थायी र केन्द्रीय कमिटी बैठक बोलाउने नेकपा सचिवालयको निर्णय


१७ फाल्गुन २०७७, सोमबार
prachanda madhav jhalanath scaled

काठमाडौं, १७ फागुन । प्रतिगमनविरुद्ध आन्दोलनरत नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले तत्कालै स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको छ ।

नेकपा विभाजनपछि आज पहिलोपल्ट सिंहदरबारमा बसेको प्रचण्ड–नेपाल नेतृत्पको नेकपाको सचिवालय बैठकले पछिल्लो राजनीतिक घटना क्रमका बारेमा छलफल गर्न स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको प्रवक्ता नारायणकाजीले जानकारी दिएका छन् । तर, दुवै बैठकको मिति भने तोकिएको छैन ।

आजको सचिवालय बैठकले पार्टीको आधिकारिकतासम्बन्धी पेस गरिएको दाबीबारे छिटोभन्दा छिटो निर्णय गर्न निर्वाचन आयोगलाई अनुरोध गरेको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय दलको प्रमुख सचेतकबाट देवप्रसाद गुरुङलाई हटाएको विषयमा समेत छलफल भएको र त्यसको कुनै अर्थ र औचित्य नरहेको निष्कर्ष निकालिएको प्रवक्ता श्रेष्ठले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७