महिला हस्तकला मेला यही फागुन २२ देखि हुँदै


१७ फाल्गुन २०७७, सोमबार
hastakala

काठमाडौं, १७ फागुन । नेपाल हस्तकला महासङ्घ, महिला उद्यमी विकास समितिको आयोजनामा महिला हस्तकला मेला हुने भएको छ ।

महिला हस्तकला उद्यमीबाट निर्माण गरिएको हस्तकलाका सामग्रीलाई प्रचारप्रसार गर्नका लागि आगामी फागुन २२ देखि २४ सम्म महिला हस्तकला मेला आयोजना हुन लागेको हो । ललितपुरमा हुन लागेको उक्त मेलामा फेल्ट, उनी, काठ, पोते, पश्मिना, ढाकाका कपडा, नेचुरल फाइवर, सिल्भर, ज्वेलरी, स्वीटर कटनलगायतका सामग्री प्रदर्शनमा राखिने महिला उद्यमी विकास समितिकी संयोजक सवितासिंह महर्जनले जानकारी दिइन् ।

उक्त मेलालाई ललितपुर महानगरपालिका, ललितपुर हस्तकला सङ्घको सहयोग रहेको छ । मेलामा काठमाडौँ उपत्यकाका महिला उद्यमीले निर्माण गरेका हस्तकलाका सामाग्री प्रदर्शनमा राखिने महासङ्घले जनाएको छ । मेलामा ५० भन्दा बढी कक्ष रहने छन् ।

यस्तै, नेपाल हस्तकला महासङ्घको आयोजनामा विसं २०७८ वैशाख ९ देखि १३ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हस्तकला मेला आयोजना हुन लागेको छ । नेपालको हस्तकला विश्वमाझ चिनाउनका लागि हरेक वर्ष आयोजना हुने उक्त मेला विसं २०७७ मा कोरोना सङ्क्रमणका कारण रोकिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७