पल शाह अभिनित गीत ‘टाढा भए पनि’ लाई युट्युबमा १५ दिनमै एक करोड भ्युज


१७ फाल्गुन २०७७, सोमबार
pal

काठमाडौं, १७ फागुन । अभिनेता पल शाह पछिल्लो समय म्युजिक भिडियोमा निकै व्यस्त छन् । नेपालमा म्युजिक भिडियोमा अहिले सबैभन्दा अगाडि पल देखिएका छैन् ।

‘टाढा भए पनि’ बोलको गीत पल अभिनित पछिल्लो चर्चित गीत हो । यस गीतले १५ दिनभित्रै एक करोड भ्युज प्राप्त गरेको छ । यो गीतमा गायिका अस्मिता अधिकारी र गायक उर्गेन दोङको आवाज छ भने पललाई अभिनयमा मोडेल मलिका महतले साथ दिएकी छिन् ।

नेपालमा सबैभन्दा छोटो समयमा एक करोड भ्युज पाउने गीतमध्ये एक गीत ‘टाढा भए पनि’ बन्न पुगेको हो । यसअघि पल र मलिका अभिनित ‘फुल बुट्टे सारी’ले १८ दिनमा एक करोड भ्युज पाएको थियो । त्यसअघि १८ दिनमै एक करोड भ्युज पाउने गीत प्रकाश सपुतको ‘गलबन्दी’ थियो ।
हेर्नुस् भिडियो

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७