नेकपाको स्थायी र केन्द्रीय कमिटी बैठक बुधबार पेरिसडाँडामा


१७ फाल्गुन २०७७, सोमबार
Perishdanda 2

काठमाडौं, १७ फागुन । प्रतिगमनविरुद्ध आन्दोलनरत प्रचण्ड–नेपाल नेतृत्वको नेकपाको स्थायी र केन्द्रीय कमिटी बैठक बुधबार पार्टी कार्यालय पेरिसडाँडामा बस्ने भएको छ ।

आज (सोमबार) सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको सचिवालयको बैठकले स्थायी र केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको हो । स्थायी र केन्द्रीय समिति बैठक फागुन १९ गते बुधबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने तय भएको नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिएका छन् । ‘फागुन २१ गते बुधबार एकै दिन स्थायी र केन्द्रीय समिति बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने तय भएको छ’ रिजालले भने ।

बैठकले पार्टीको आधिकारिकताको लागि आफूहरुले गरेको दाबीका आधारमा संविधान र दल ऐन अनुरुप छिट्टै निर्णय गर्नको निम्ति निर्वाचन आयोगलाई अनुरोध गर्ने निर्णय पनि गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन् ।

‘निर्वाचन आयोगले पार्टीको आधिकारिकतासम्बन्धीमा हामीले दाबी गरेको अनुरोधका आधारमा संविधान र दल ऐन अनुरुप छिट्टै निर्णय गर्नका निम्ति पनि अनुरोध गरेका छौँ’, प्रवक्ता श्रेष्ठले भने । प्रधानमन्त्री एवं नेकपा संसदीय दलका नेता केपी शर्मा ओलीले प्रमुख सचेतक देव गुरुङलाई हटाउने स्वेच्छाचारी निर्णय गरेको भन्दै उनले सो निर्णय मान्य नहुने बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७