प्रधानमन्त्री ओली पोखरामा


१७ फाल्गुन २०७७, सोमबार
kp sharma oli

पोखरा, १७ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली विभिन्न कार्यक्रमका लागि आज (सोमबार) पोखरा आएका छन् ।

यती एयरलाइन्सको विमानबाट आएका प्रधानमन्त्री ओलीलाई पोखरा विमानस्थलमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, प्रदेश सरकारका मन्त्री, प्रदेशसभा सदस्य पार्टीका नेता तथा कार्यकर्ता एवं सरकारी उच्च पदस्थ कर्मचारीले स्वागत गरे ।

प्रधानमन्त्री ओलीले पोखरामा आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेश कमिटीको आयोजनामा हुने गण्डकी प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यक्रम छ । उनले आजै नदीपुरस्थित गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको भवन शिलान्यास गर्नाका साथै पोखरा रङ्गशालाको स्थलगत निरीक्षण गर्ने कार्यक्रम समेत छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७