नेकपाको आधिकारिकता वहुमत पक्षकै हुन्छ, आयोगले घोषणा गर्न मात्र बाँकी छ : प्रचण्ड


१७ फाल्गुन २०७७, सोमबार
Prachanda

काठमाडौं, १७ फागुन । प्रतिगमनविरुद्ध आन्दोलनरत नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपाको आधिकारिकता वहुमत पक्षकै हुने दावी गरेका छन् ।

आज (सोमबार) पेसागत महासंघको कार्यक्रमलाई काठमाडौंमा सम्वोधन गर्दै अध्यक्ष प्रचण्डले पार्टीको नाम र निर्वाचन चिन्ह सूर्य आफूहरुले पाउने दाबी गरे । उनले संविधानका प्रावधान, राजनीतिक दलसम्बन्धी व्यवस्था, आयोगसँग पटक–पटक भएका छलफल र जनभावनाका आधारमा पार्टीको आधिकारिकता र निर्वाचन चिन्ह सूर्य आफूहरुले नै पाउने बताए ।

आफूले पहिले पनि संविधान र कानूनका प्रावधानका आधारमा सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापना गर्ने बताएको र आफ्नो भनाइ सत्य सावित भएको बताएका छन् ।

‘अहिले पनि मैले संविधानका प्रावधान, राजनीतिक दलसम्बन्धी ऐनको व्यवस्था, आयोगसँग पटक– पटक भएका छलफल, लोकतान्त्रिक मूल्य मान्यता र जनभावनाका आधारमा यो कुरा भनिरहेको छु,’ प्रचण्डले राजधानीमा सोमबार पेशागत महासंघ नेपालको कार्यक्रमलाई सम्बोधन गर्दै भने, ‘मैले त्यत्तिकै भनेको होइन, बुझेरै भनेको छु, आयोगले पार्टीको नाम र निर्वाचन चिन्ह सूर्य बहुमत पक्षकै हो भनेर भन्दैछ, घोषणा नै हुँदैछ, कुनै शंका नगरे हुन्छ ।’

अध्यक्ष प्रचण्डले ओलीतर्फ लागेका नेताहरुलाई त्यता नलाग्न र बेलैमा सहि निर्णय गर्न आग्रह समेत गरे । उनले भने, ‘तपाईंहरुलाई लठ्याइएको छ, निद्रामा हुनुहुन्छ बेलैमा ब्युँझिनुहोस् ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७