फुटबल क्लब बार्सिलोनाको कार्यालयमा प्रहरी छापा, चार जना पक्राउ


१८ फाल्गुन २०७७, मंगलवार
117340241 tv065978990

काठमाडौं, १८ फागुन । स्पेनिस फुटबल क्लब बार्सिलोनाको कार्यालयमा प्रहरीले छापा मारेको छ । आर्थिक अपचलन र कर छलीको आशंकामा क्लबका चार जना कर्मचारी पक्राउ समेत परेका छन् ।

प्रहरीले आफ्नो छानविन जारी रहेको भन्दै पक्राउ गरिएकाहरुको परिचय खुलाएको छैन । तर स्पेनिस मिडियाले क्लबका निवर्तमान अध्यक्ष जोसेप मारिया बार्तोमेउ पनि पक्राउ परेका दावी गरेका छन् ।

बार्सिलोनाले गत आइतवार मात्रै क्लबको नयाँ अध्यक्षको निर्वाचन गरेको थियो । सोमवार प्रहरीले कार्यालयमा छापा मारेर धरपकड गरेको बताईएको छ । गत वर्ष बार्सागेट प्रकरणमा बार्सिलोनाले आफ्नै खेलाडीहरुलाई सामाजिक संजालमा आलोचना गर्न एउटा निजि फर्मलाई करारमा राखेको खुलाशा भएको थियो ।

तर क्लबले आधिकारिक रुपमा भने यो खबरको खण्डन गरेको थियो । विवाद बढ्दै गएपछि गत अक्टोबरमा क्लबका अध्यक्ष बार्तोमेउले पदबाट राजीनामा घोषणा गरेका थिए । बार्सिलोना फुटबल क्लबले प्रहरीको जारी छानविनमा पूर्णरुपले सहयोग गर्न बताएको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७