पूर्व प्रधानमन्त्री भट्टराई आज स्वदेश फर्किदै, क्यान्सर नभएको पक्का


१८ फाल्गुन २०७७, मंगलवार
baburam

काठमाडौं, १८ फागुन । उपचारको शिलशिलामा भारतको नयाँदिल्ली रहेका जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई आज (मंगलबार) स्वदेश फर्किदै छन् ।

पेटमा क्यान्सर भएको आशंकामा उपचारका लागि भारत गएका भट्टराई दम्पती आज स्वदेश फर्किंन लागेका हुन् । साथमै रहेका उनका प्रेस सल्लाहकार एवं जसपाका केन्द्रीय सदस्य विश्वदीप पाण्डेका अनुसार आज नेपाल वायु सेवा निगमको जहाजमार्फत नेपाल फर्किन लागिएको हो ।

पेटको समस्या भएपछि उनले लामो समयदेखि नेपालमै उपचार गराइरहेका थिए । तर यहाँका चिकित्सकले न्युरो–इन्डोक्राइनको ट्युमरमा क्यान्सर भएको आशंका गर्दै त्यसको उपचार हाल यहाँ सम्भव नदेखिएकाले नयाँदिल्ली जान सल्लाह दिएका थिए ।

सोहीबमोजिम डा. भट्टराई केही दिनअघि नयाँदिल्लीस्थित एकृत एवं पित्त विज्ञान संस्थानमा भर्ना भएका थिए । त्यहाँका चिकित्सकले आवश्यक सबै परीक्षण गर्दा ट्युमरमा क्यान्सर भइनसकेको पुष्टि गरेका हुन् । तर ट्युमरको अपरेसन भने दुई–तीन महिनाभित्रै गराउन सल्लाह दिइएको प्रेस सल्लाहकार पाण्डेले जानकारी दिएका छन् । साथमा पाण्डेसहित डा. भट्टराईकी पत्नी एवं नेतृ हिसिला यमी पनि छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७