ट्रक जुध्दा दुवै चालकको गयो ज्यान, दुई सहचालक घाइते


१८ फाल्गुन २०७७, मंगलवार
accident in river

नवलपरासी, १८ फागुन । महेन्द्र राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको दुम्कौलीमा दुई वटा ट्रक जुध्दा दुवै चालकको ज्यान गएको छ । दुर्घटनामा दुई जना घाइते छन् ।

सोमबार राति साढे १२ बजे भएको दुर्घटनामा मृत्यु हुनेमा पोखराका खिमबहादुर विक र मकवानपुरका राजकुमार न्यौपाने रहेको इलाका प्रहरी कार्यालय रजहरले जानकारी दिएको छ । उनीहरूको डन्डास्थित जिल्ला अस्पतालमा उपचारका क्रममा बिहान ३ बजे मृत्यु भएको हो ।

सहचालक विश्वास साही र घनश्याम खड्का घाइते भएका छन् । उनीहरूको चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । विपरीत दिशाबाट आउँदै गरेका ना३ख ३०११ र ना ७ ख ७०२३ नम्बरका ट्रक जुधेका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७