फ्रान्सका पूर्व राष्ट्रपति सार्कोजीलाई भ्रष्टाचार आरोपमा तीन बर्ष जेल सजाय


१८ फाल्गुन २०७७, मंगलवार
sarkoji

काठमाडौं, १८ फागुन । फ्रान्सका पूर्व राष्ट्रपति निकोल सार्कोजीलाई भ्रष्टाचारको आरोपमा जेल सजाय तोकिएको छ । आफू पदमा रहँदा न्यायाधीशहरुलाई घुस दिन खोजेको आरोपमा दोषी ठहर भएपछि फ्रान्सको उच्च अदालतले सार्कोजीलाई ३ बर्षको जेल सजाय तोकेको हो ।

अदालतमा बिचाराधीन मुद्दाको सूचना माग गरी सो बापत न्यायाधीशहरुलाई महत्वपूर्ण नियुक्ति दिने वाचासहित घुस दिन खोजेको आरोपमा जेल सजाय तोकेको हो । यो सजायसँगै सार्कोजी फ्रान्सको इतिहासमा भ्रष्टाचार आरोपमा जेल सजाय पाउने पहिलो राष्ट्रपति बनेका छन् ।

६६ बर्षीय सार्कोजीका निजी कानुन व्यबसायीले भने सार्कोजीले आफूबिरुद्धको आरोपको सर्वोच्चमा अपिल गर्ने बताउँदै फैसला नभएसम्म कारागार जान नपर्ने जनाएका छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७