ब्यूटीशियन रश्मी शाक्य जितिन ‘लेट मि इन मिसेस व्यूटी क्वीन नेपाल’को ताज


१८ फाल्गुन २०७७, मंगलवार
196 Shares
miss 2 scaled

काठमाडौँ, १८ फागुन । ब्यूटीशियन रश्मी शाक्यले ‘लेट मि इन मिसेस व्यूटी क्वीन नेपाल सिजन ४’ ताज जितेकी छिन् । सिजन मिडियाले आयोजना गरेको प्रतियोगितामा २२ जना प्रतियोगी सहभागीलाई पछि पार्दे शाक्यले ताज पहिरिएकी हुन् ।

ललितपुरमा सौन्दर्य पेसा गर्दै आएकी उनले मिसेज ट्यालेन्ट उपाधी समेत प्राप्त गरिन । उनले शाक्यले रेफ्रिजेनेटर, लेटमिइनको तर्फवाट ३० हजार वरावरको गिफ्ट भौचर र सिङ्गापुर मलेसियाको भ्रमणको लागि हवाई टिकट उपहार स्वरुप प्राप्त गरिन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT
  • 10
  • miss 2
  • beauti queen 2
  • beauti queen

यस्तै डा. अश्विना केसी फष्ट रनरअप भइन् । उनले इन्टेलीजेन्टको टाइटल अवार्ड पनि हात पार्न सफल भइन । उनले ४० इन्चको टिभि, भ्याकुम क्लिनर साथै सिङ्गापुर मलेसियाको हवाई टिकट तथा लेटमिइनको तर्फवाट २० हजारको गिफ्ट भौचर प्राप्त गरिन् ।

यसैगरी प्रतियोगितामा सेकेन्ड रनरअप लसता शाक्य भइन् । उनले वेष्ट स्कीन र वेष्ट वाकको पनि उपाधी जित्न सफल भइन । थर्ड रनरअप शर्मिला घिसिङ् र चौथो रनरअप सपना थापा भइन । अर्गनाइजर च्वाइसको उपाधी अम्विका थापाले जित्न सफल भइन् ।

jagdamba.cement
rbbbb

प्रतियोगिताका अरु विधामा सृजना थापाले डिसिपिलिन ,सजिता रेग्मी कन्फीडेन्ट, लक्ष्मी राणा लोयल, सुनीता के।सी। पपुलर, अञ्जु क्षेत्री फोटोजेनिक, रेनु रायमाझी फेन्ड्ली उपाधी जित्नुभयो । त्यस्तै, निरु सिंह इनोसेन्ट, लक्ष्मी घिमिरे हम्वल, लक्ष्मि अर्यालले मिसेज वव्ली, सृजना अधिकारी व्यूटीफूल, सुस्मा रिसाल सुवेदीले मिसेज इनरजेटीक , चन्द्रकला रायले मिसेज इन्थुज्यनटिक, लक्ष्मी मर्हजन कोटियोर्स , पनिता कार्की अनेष्ट, सरस्वती अचार्य गौतमले मिसेज हार्डर्ओकीङ र सुन्नीमा लम्साल मिसेज व्रेभ एण्ड वोल्ड अवार्ड पाएकी थिइन् ।

कार्यक्रममा राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले यस्ता प्रतियोगीताले महिलाहरुको सौन्दर्य साथै आत्मविश्वास दिलाउने विश्वास व्यक्त गरिन । उनले कार्यक्रम हेरेर महिलाहरुको अधिकारको लागि लड्ने संस्थाले यस्ता कार्यक्रममा महिला सहभागीतालाई वढि जोड दिनुपर्नेमा जोड दिए । आगामी दिनमा यस्तो कार्यक्रमहरुसँग हातेमालो गर्दै अझ सशक्त रुपमा महिलाहरुलाई जनचेतना तथा अधिकारको बारेमा सचेतना फैलाउन सकिने उनको विश्वास छ ।

उनले भनिन, ‘भोलिका दिनमा यस्ता संस्थासँग महिला अधिकारको लागि सहकार्य गरेर अगाडी वढ्ने आयोगको पनि सोचाइ छ ।”

उक्त कार्यक्रममा निर्णायक मण्डलमा व्यूटी प्याजेन्ट एसोसीयसन नेपालका अध्यक्ष गोपाल लाल कक्षपति, वरिष्ठ सौन्दयविद सीता न्यौपाने पाठक, आयाम इन्टरनेशनल कलेजका अध्यक्ष तथा प्रिन्सिपल कृष्णचन्द्र झा, वरिष्ठ फोटोग्राफर राजभाइ सुवाल, अक्षरा स्कुलकी डाइरेक्टर प्रिन्सिपल अन्जु भट्टराई ,सन्चारकर्मी अनिता विन्दु, प्रदेश नम्वर १ आनका अध्यक्ष पवन अधिकारी र मिसेज व्यूटी क्वीन २०१८ की विजेता सुदीक्षा आचार्य रहनुभएको मिडियाका प्रवन्ध निर्देशक प्रदीपराज वन्तले जानकारी दिए ।

9
7
10
6
5
4
3
2
1

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७