कवि दीपा राई पुनको गीति एल्बम ‘प्रतिरुप’ सार्वजनिक (भिडियोसहित)


८ फाल्गुन २०७४, मंगलवार
Deepa rai pun pratirup 5

काठमाडौ, ७ फागुन । केही वर्षदेखि यता प्रवासमा रहेर नेपाली साहित्य क्षेत्रमा निरन्तर लागि रहेकी कवि दिपा राई पुन अब सांगतिक क्षेत्रमा प्रवेश गरेकी छिन् । सफल कविको रुपमा स्थापित उनले सोमबार राजधानी एक कार्यक्रम गरि ‘प्रतिरुप’ गीति एल्बमसँगै एउटा गीतको म्युजिक भिडियो समेत सार्वजनिक गरेकी हुन् । Deepa rai pun pratirup 5

काठमाडौँको बागबजारस्थित हार्दिक होटेलमा भरिभराउ वरिष्ठ कलाकार, चित्रकार, रचनाकार, साहित्यकार, पत्रकार तथा शुभचिन्तकको बिच प्रज्ञा प्रतिष्ठानका सदस्य तथा वरिष्ठ गायक गणेश रसिक, वरिष्ठ चित्रकार उत्तम नेपाली, वरिष्ठ सङ्गीतकार बुलुमुकारुङ्ग, चर्चित कवयित्री उषा शेरचन, वरिष्ठ कवि विप्लव ढकाल ‘प्रतीक’, गीतकार सङ्घका अध्यक्ष चुणामणि देवकोटा, उनका आमा विमला राई र उनले ‘प्रतिरुप’ एल्बमलाई सार्वजनिक गरिएको हो ।

कार्यक्रममा कवि तथा गीतकार दीपाले  आफूले लेख्ने गीतहरू  फुर्सदमा  नभर्इ जीवनको व्यस्तताबिचमा लेखेको बताइन् । ‘यी गीतहरू फुर्सदमा  नभर्इ  बेर्फुदमा लेखिएका हुन् , मैले कहिले  हिडदा हिददै बाटोमा, ट्रेनमा लेखेकी हुँ ।’, उनले भनिन्,’मेरा कविता अनि गीत देश बोल्छ ,प्रदेश बोल्छ, कला समाजका लागि हुनुपर्छ, कला जीवनका लागि हुनुपर्छ  एल्बम प्रतिरुप घरदेशमा रहँदा अनि परदेशमा रहदाका मेरा जीवन भोगाइको जीवन्त प्रतिरुप हो ।’

deepa rai pun 2

यसै गरी गीतको विषयमा आफ्नो भनार्इ राख्ने क्रममा सङ्गीतकार बुलु मुकारूङले ‘प्रतिरूप’ एल्बमको गीतहरू अत्यन्तै कर्णप्रिय भएका बताए । उनले भने,’यस एल्बमका गीतहरू गाउँ र शहरलार्इ जोडेर लेखिएको छ,  सांस्कृतिक रूपले भन्ने हो भने गीतको शब्दले नेपालको गायन लोकगीतको रूप लिन सकिन्छ ।’ उनले एल्बमका गरिएको संगितहरू उत्कृष्ट भएको समेत प्रतिक्रिया दिए ।

यस्तै कार्यक्रममा प्रज्ञा प्रतिष्ठानको सदस्य सचिव तथा साहित्यकार गणेश रसिकले गीत राम्रो मात्र नभर्इ एकदमै राम्रो भएको बताए । उनले भने, ‘गीतहरू जीवन र भोगार्इका अभिव्यक्तिको रूपमा लेखिएको छ, आफ्नै देश, भाषा, संस्कृतिको मायाले उहाँलार्इ गीत लेख्न डो¥याएको छ ।’

 

‘प्रतिरुप’ एल्बममा आठ वटा गीतहरू समावेश गरिएका छन् । चर्चित तथा लोकप्रिय गायक राजेश पायल राई, भीषण मुकारुङ्ग, रजिना रिमाल, मेलिना राई, विजय अधिकारी, विनोद राई र सुनिता थेगिमले स्वर दिएका छन् । भने पारस मुकारुङ्ग, वालंद राई, राजेश थापा र डी आर अटुको संगीत रहेको छ ।

सार्वजनिक गरिएको म्युजिक भिडियोमा सुनिता थेगिमले स्वर दिएका छिन् । भने  सविना गोपाली  र कवि हेमन यात्रीले फिचरिङ गरेका छन् । निर्देशन, छायाँकन र सम्पादन खगेन्द पान्दक लिम्बुले गरेका छन् ।deepa rai pun 1 1 deepa rai pun 3 1

कार्यक्रममा कार्यक्रम समापन गर्ने क्रममा कार्यक्रमका सभापति समेत रहेको गणेश रसिकले  गीत मात्र उत्कृष्ट नभर्इ भडियो पनि राम्रो भएको प्रतिक्रिया दिए । उनले भिडियो एक दस्वावेज नै भएको बताए । उनले भिडियोमा देखिएको हेमन यात्रीलार्इ  उतारिएकोमा भावी पुस्ताले एक प्रखर कवि हेमन यात्री युवा अवस्था कस्तो देखिन्नुहुथ्यो भन्ने कुरा सहजरूप पाइने बताए ।

कवि दीपा रार्इ पुन यसअघि पनि प्रतिरूप एल्बमको ‘झरी जस्तै’ बोलको म्युजिक भिडियो  सार्वजनिक भइसकेको छ । उक्त गीतको भिडियो सुमा लिवाङ लिम्बु र रूकमान लिम्बुको फिचरिङ रहेको छ । भने भिडियो निर्देशन , छायाङ्कन र सम्पादन खगेन्द्र पान्दक लिम्बुले गरेका छन् ।

हाल अमेरिकाको बोस्टनमा  बस्दै आएकी पुनको  ‘उ तिम्रो सपनाको म (२०६८)’, ‘स्पन्दनका रागहरू (२०७०)’ र ‘छुटेको बागदाता (२०७२)’ गरी हालसम्म तीनवटा कविता सङ्ग्रह प्रकाशित छन् भने फुटकर रूपमा सैयौं कविताहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पत्रपत्रिका, विद्युतीय सामाजिक सञ्जाल तथा अन्य सञ्चार माध्यमहरूमा प्रकाशित तथा प्रसारित छन् ।

Deepa rai pun pratirup 4

 

Deepa rai pun pratirup 7

Deepa rai pun pratirup 8

Deepa rai pun pratirup 1

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७