‘विप्लव’ समूहसँग वार्ता गर्न गृहमन्त्रीकै नेतृत्वमा दुई सदस्यीय टोली गठन


१८ फाल्गुन २०७७, मंगलवार
badal rajan biplaw

काठमाडौं, १८ फागुन । सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको भूमिगत नेपाल कम्युनिष्ट पार्टीसँग वार्ता गर्न दुई सदस्यीय टोली गठन गरेको छ ।

गृहमन्त्री रामबहादुर थापा बादल र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई सम्मिलित वार्ता टोली गठन गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिएका छन् ।

barta

गुरुङले विज्ञप्ति जारी गरी विप्लव समूहसँग वार्ताद्वारा समस्या समाधान गर्न २ सदस्यीय वार्ता टोली गठन गरेको बताएका छन् । हिंसात्मक तथा आतंककारी गतिबिधि गरेको भनी सरकारले २०७५ फागुन अन्तिम साता विप्लव समूहमाथि प्रतिबन्ध लगाएको थियो । केहि दिनअघि मात्र प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव समूहसँग चाँडै वार्ता र सहमति हुने बताएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७