कांग्रेस नेता जोशीको स्वास्थ्यमा सुधार, आफै सास फेर्न थाले


१८ फाल्गुन २०७७, मंगलवार
77 Shares
namindra raj joshi

काठमाडौं, १८ फागुन । मष्तिष्कघात भएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको स्वास्थ्यमा सुधार भएको छ ।

स्वास्थ्यमा सुधार भएपछि सोमबार बिहानदेखि भेन्टिलेटरको सपोर्ट लगातार कम गर्न थालिएको उपचारमा संलग्न न्यूरो सर्जन डा. राजीव झाले जानकारी दिएका छन् । ‘सोमबार बिहानदेखि उहाँले आफैंले सास फेरिरहनु भएको छ । मेसिनले सास फेराउनु परेको छैन’ डा. झाले भने, ‘उहाँको रक्तचाप पनि निकै कम थियो, औषधिको प्रयोगबाट त्यो नर्मलभन्दा पनि राम्रोतर्फ गइरहेको छ ।’

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

बेहोस अवस्थामा भेन्टिलेटरमा रहेको बिरामीलाई श्वासप्रश्वासमा सहज होस् भनेर बुधबार बिहान नेता जोशीको घाँटीमा सानो प्वाल पार्ने सर्जरी (ट्रयाकियोसटोमी) गरिने डा. झाले बताए ।

‘यस्ता गम्भीर बिरामीलाई श्वास फेराउन मुखबाट लामो पाइप हाल्न नपरोस् भन्ने उद्देश्यले घाँटीमा सानो प्वाल पार्ने सर्जरी गर्न लागेका हौं’ उनले भने, ‘त्यसपछि उहाँलाई हामीले विस्तारै भेन्टिलेटरबाट निकाल्न सक्छौं कि भन्ने आशा पलाएर आएको छ ।’

jagdamba.cement
rbbbb

डा. झाका अनुसार नेता जोशीको स्वास्थ्य अवस्थामा लगातार सुधार भइरहे पनि खतरामुक्त भने भइसकेको होइन । ‘मष्तिष्कघात हुने व्यक्ति उपचारपछि खतरामुक्त हुन ३ देखि ४ हप्ता समय लाग्छ’ झाले भने, ‘अहिलेको अवस्थालाई हामी भेन्टिलेटर सपोर्टसहितको स्पोन्टेनियस मोड भन्छौं ।’ उनलाई शुक्रबार अस्पताल भर्ना गरिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७