ताप्लेजुङका अग्नीपीडितलाई सक्दो सहयोग गर्छु : योगेश भट्टराई


१८ फाल्गुन २०७७, मंगलवार
yogesh bhattrai
फाइल फोटो

काठमाडौंं, १८ फागुन । प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य योगेशकुमार भट्टराईले ताप्लेजुङ दोभान बजारका अग्नीपीडितलाई आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बताएका छन् ।

मंगलबार एक विज्ञप्ति जारी गर्दै नेता भट्टराईले आगलागीबाट आवासविहीन भएकाहरुलाई तत्काल राहत दिन माग गरेका छन् । उनले दीर्घकालीन पुनः स्थापनाका लागि भूकम्पपीडित सरह सहयोग उपलब्ध गराउन सरकार समक्ष माग गरेका छन् ।

‘आगलागीका कारण आवासविहीन भएका स्थानीयलाई तत्काल राहत उपलब्ध गराउन र दीर्घकालीन पुनःस्थापनाका लागि भूकम्पपीडित सरह सहयोग उपलब्ध गराउन नेपाल सरकारसमक्ष माग गर्दछु’, भट्टराईद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

आज (मंगलबार) बिहान भएको आगलागीबाट ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ दोभान बजारका ४९ वटा घर पूर्णरुपमा जलेर नष्ट भएका छन् ।

उनले आगलागीलाई नियन्त्रणमा लिन प्रयत्न गर्ने स्थानीय जनसमुदाय नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, जनप्रतिनिधि, कर्मचारी, दमकल चालक, स्वयंसेवकलगायत सबैमा भट्टराईले धन्यवाद व्यक्त गरेका छन् ।

y

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७