बालाजुबाट पक्राउ गरिएका अभियन्ता रिहा गर्न सर्वोच्चको आदेश


१८ फाल्गुन २०७७, मंगलवार
sarbochha 1

काठमाडौंं, १८ फागुन । सडक विस्तारको विरोध गर्दा बालाजु बाइपासबाट पक्राउ परेका अभियन्तालाई सर्वोच्चले रिहा गर्न आदेश दिएको छ । न्यायाधीश दीपककुमार कार्की र प्रकाशमानसिंह राउतको संयुक्त इजलासले रिहा गर्न आदेश दिएको हो ।

अभियन्ता सुमन सायमीलगायत आठ अभियन्तालाई आज (मंगलबार) रिहा गर्न आदेश दिएको अभियन्ता गणपतिलाल श्रेष्ठले जानकारी दिएका छन् । ‘उहाँहरुलाई गैरकानुनी रुपमा थुनिएकाले तत्काल रिहा गर्न आदेश दिइएको हो’, उनले भने ।

महानगरीय प्रहरी वृत्त बालाजुले गत बुधबार काठमाडौं महानगरपालिकाले बाइपासका घर भत्काउन नदिएको र महानगरले सूचना केन्द्र बनाउन लगाइएको बार भत्काएको भन्दै पक्राउ गरेको थियो ।

प्रहरीले मीनबहादुर शाही, महेश्वर मानन्धर, सञ्जय तामाङ, दिपेन श्रेष्ठ, भीमदेव श्रेष्ठ र रूचित श्रेष्ठलाई पक्राउ गरेको थियो । त्यस्तै उनीहरूलाई पक्राउ गरेपछि काठमाडौं उपत्यका सडक विस्तार पीडित संघर्ष समिति अध्यक्ष सुमन सायमी र विरोचन श्रेष्ठ प्रहरी कार्यालयमा पुगेका थिए । उनीहरुलाई पनि गिरफ्तार गरिएको थियो । रिहा भएसँगै इन्द्रचोकमा मैनबत्ती ¥याली समेत गरिएको अभियन्ता गणपतिलालले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७