नेप्सेमा पहिरो : बजार पूँजीकरणमा उच्च गिरावट, लगानीकर्ताले गुमाए दुई खर्ब ५० अर्ब


१८ फाल्गुन २०७७, मंगलवार
21 Shares
Nepal Stock

काठमाडौंं, १८ फागुन । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक लगातार ओरालो लाग्दा बजार पूँजीकरण समेत उल्लेख्य रुपमा घटेको छ । पछिल्ला केही दिनमा मात्रै लगानीकर्ताले झण्डै रु दुई खर्ब ५० अर्ब बढी गुमाएका छन् । नेप्सेमा आज पनि ठूलो अङ्कको गिरावट देखिएको छ । गिरावटपछि बजार पूँजीकरण समेत खुम्चिएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आजको कारोवारपछि बजार पूँजीकरण रु ३३ खर्ब ८२ अर्ब ८६ करोड ९९ लाख २० हजार बराबर पुगेको छ । नेप्सेमा आज ५९.७० बिन्दुले घटेर दुई हजार ४५५.३३ मा पुगेको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

यस्तै, ठूला कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ९.८० बिन्दुले घटेर ४४३.९५ मा ओर्लेको छ । कूल २०८ कम्पनीको एक करोड ३१ लाख ६ हजार ७३८ कित्ता शेयर रु छ अर्ब ११ करोड ९६ ३८ करोड ६६९ मूल्यमा खरिद बिक्री भए ।

नेप्सेका अनुसार कारोवार भएका कूल १३ उपसमूहमध्ये दुई उपसमूहको शेयर उकालो लाग्दा ११ उपसमूहको शेयर भने ओरालो लागेको छ । व्यापार २७८.४९ र होटल तथा पर्यटन १६.८६ बिन्दुले बढ्दा बैंकिङ ४५.५५, विकास बैंक ६०.६५, जलविद्युत् ४०.९९, वित्त २२.८५, निर्जीवन बीमा ३४३.५७, उत्पादन १५०.४८, अन्य ४३.२३, लघुवित्त ११२.०८, जीवन बीमा ५१९.६७, सामूहिक लगानी कोष ०.२१ र लगानी १.९१ ले ओरालो लागेको छ ।

jagdamba.cement
rbbbb

कारोवारका आधारमा एशियन लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु २८ करोड २६ लाख ९४ हजार १७६ बराबरको कारोवार भयो ।

नेपाल पूर्वाधार बैंक रु २५ करोड ८० लाख ७१ हजार २९५, नेपाल बैंक रु २२ करोड ६९ लाख २६ हजार १६२, शिखर इन्स्योरेन्स रु २१ करोड ६९ लाख २२ हजार ७२७, कुमारी बैंक रु २० करोड ४८ लाख ६७ हजार १४६, नेपाल लाइफ इन्स्योरेन्स रु २० करोड २३ लाख ६६ हजार १८०, एनआइसी एशिया बैंक रु १७ करोड ७९ लाख ३५ हजार ६६४, नबिल बैंक रु १७ करोड पाँच लाख नौ हजार ३०६, हिमालयन डिस्टिलरी रु १६ करोड ५९ लाख ७४ हजार ६४४ र ग्लोबल आइएमई बैंक रु १५ करोड ९० लाख ७१ हजार १२२ बराबरको कारोवार भई शीर्ष स्थानमा रहेका छन् ।

कारोवारका आधारमा साल्ट ट्रेडिङका लगानीकर्ताले ९.९९ प्रतिशतले कमाउँदा चन्द्रागिरि हिल्स ९.८९, हिमालयन पावर पार्टर ८.८९, एचआइडिसिएल २.१७, नेपाल इन्भेस्टमेन्ट डिवेञ्चर १.९५, गुडबिल फाइनान्स १.९३ र मेरो माइक्रो फाइनान्सका लगानीकर्ताले ०.४१ प्रतिशतले कमाएका छन् ।

यस्तै, नेपाल हाइड्रो डेभलपमर ७.३१, कर्पोरेट डेभलपमेन्ट बैंक ६.८२, सिनर्जी पावर ६.४४, साधाना लघुवित्त ५.९३, गुह्येश्वरी मर्चेन्ट ५.८३, लक्ष्मी इक्विटी फण्ड ५.७२, मिर्मिरे माइक्रो फाइनान्स ५.६३, सूर्योदय लघुवित्तका लगानीकर्ताले ५.५८ प्रतिशतले गुमाएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७