सुर्य चिह्नमा कसैले कक्रे आखाँ लगाए नि पाउने छैन : माधव नेपाल {भिडियो}


१८ फाल्गुन २०७७, मंगलवार
63 Shares
Madhav Kumar nepal.00 01 28 15.Still001

काठमाडौं, १८ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष माधव कुमार नेपालले सूर्य चिन्हमा कसैलाई कर्के आखाँ लगाए नि नपाउने बताएका छन् ।

नेकपा अध्यक्ष एंव भरतमोहन अधिकारी स्मृति फाउण्डेशनका संरक्षक माधव कुमार नेपालले वामपन्थी नेता एवं पूर्वउपप्रधान तथा अर्थमन्त्री स्वर्गीय भरतमोहन अधिकारीको दोस्रो स्मृति दिवसको अवसरमा भरतमोहन अधिकारी स्मृति फाउण्डेशनले विराटनगरमा गरेको कार्यक्रममा बोल्दै उनले सर्वोच्च अदालतले संसद पुनःस्थापना गरिसकेकाले सूर्य चिन्ह आफनो नेतृत्वको पार्टीले प्राप्त गर्ने बताएका हुन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

उनले सबै सांसदहरुले आफुहरुलाई साथ दिने र सूर्य चिन्ह पनि आफुहरुले नै प्राप्त गर्ने जिकिर गरे । उनले भने,‘सर्वोच्च अदालतले संसद पुनःस्थापना गरिसहेकाले सबै सांसदहरुले आफुहरुलाई साथ दिने र सूर्य चिन्ह प्राप्त हुनेछ । सूर्य चिन्हमा कसैलाई कर्के नजर हेर्न नलगाए नि हुन्छ । चोइटीएका पार्टीलाई नभई मूलपार्टीले सुर्य चिह्न पाउनेछ ।’

यस्तै उनले सर्वोच्च अदालतले हराउदा समेत प्रधानमन्त्रीले राजीनामा नदिनु नैतिकता खडेरिभएको टिप्पणी गरे । उन्ले विश्वका अन्य मुलुकमा भए सर्वोच्चले फैसला सुनाउने वित्तीकै राजनीमा आउने नजिर भएपनि नेपालमा सत्ता सम्हाली रहेका व्यक्तिमा नैतिकता नै नभएको आरोप लगाए ।

jagdamba.cement
rbbbb

अध्यक्ष नेपालले नैतिकताको प्रश्नमा भरतमोहन र मनमोहन जस्ता उदाहरणी व्यक्तिबाट पाठ सिक्नु पर्ने बताउदै संसदबाटै प्रधानमन्त्री ओलीलाई हटाउने चेतावनी दिए ।

अध्यक्ष नेपालले नेपालको राजनीति भरतमोहनको पथमा चलेपनि प्रधानमन्त्री केपी शर्मा ओलीले कहिल्यै पनि पाठ नसिकेको आरोप लगाए। उनले सर्वोच्चले गरेको फैसला महान भएकाले अझ पनि सत्यकै जित हुने बताए । कार्यक्रममा विभिन्न विधामा महत्वपूर्ण योगदान दिने व्यक्तिहरुलाई सम्मान तथा पुरस्कार समेत वितरण गरिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७