ज्योती लाइफको आईपीओ फागुन २१ गतेबाट खुल्ने


१८ फाल्गुन २०७७, मंगलवार
jyoti life insurance RsV4PdL1zG

काठमाडौं, १८ फागुन । ज्योती लाइफ इन्स्योरेन्सको आईपीओ आगामी फागुन २१ गतेबाट खुल्ने भएको छ । यसअघि फागुन २३ गतेलाई तोकिएको कम्पनी आईपीओ निष्काशनको मिति परिवर्तन हुँदै २१ गतेलाई तोकिएको हो । कम्पनीले एकसय दरका ६६ करोड बराबरको ६६ लाख कित्ता सेयर निष्काशन गर्दैछ । जसमध्य ३ लाख ३३ हजार कित्ता सामूहिक लगानी कोषहरुलाई र ३ लाख ३३ हजार कित्ता कम्पनीका कर्मचारीहरुलाई सुरक्षित गरि बाँकी रहेको ५९ लाख ४० हजार कित्ता सेयर सर्वसाधारणका लागि छुट्याएको हो ।

फागुन २१ गतेबाट खुल्ने कम्पनीको सेयरमा सर्वसाधारण लगानीकर्ताहरूले ढिला गरि फागुन २६ गतेसम्म आवेदन दिन सक्ने छन् । सर्वसाधारण लगानीकर्ताहरूले कम्पनीको सेयर लगानीमा न्यूनतम १० कित्तादेखि अधिकतम ६६ हजार कित्ताका लागिसम्म आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७