हत्या गरेर घाँसको भारीसँगै सडकमै पुरियो महिलालाई


१९ फाल्गुन २०७७, बुधबार
91 Shares

धादिङ, १९ फागुन । त्रिपुरासुन्दरी गाउँपालिका–१ की ४५ वर्षीया सरस्वती कुमाल सोमबार दिउँसो खोल्सी बजारनजिकै सडक कुनामा पुरिएको अवस्थामा मृत फेला परिन् । स्थानीयले सडक निर्माणमा प्रयोग गरिएको ‘डोजरको ठक्करपछि घाइते या मृत्यु भएको’ अवस्थामा सरस्वतीलाई पुरेको हुन सक्ने बताएका छन् । प्रहरीले भने घटनाको अनुसन्धान जारी रहेकाले यसै भन्न नसकिने जनाएको छ ।

शारीरिक रूपमा अशक्त सरस्वतीसहित चार महिला सोमबार घाँस काट्न गएका थिए । अन्य तीन जना भने फर्किएको स्थानीयले बताएका छन् । ‘उनले लगाएको चप्पल, उनले बोकेको घाँसको भारी, नाम्लो शव पुरिएकै ठाउँमा पुरिएको छ’, स्थानीय शम्भु पाण्डेले भने, ‘यो नियोजित रूपमा भएको दर्दनाक हत्या हो ।’

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

सरस्वतीका छोरा सन्तबहादुर कुमालले यो घटनामा डोजर साहु या सडक ठेकेदारको मिलेमतो हुन सक्ने आशंका गरे । ‘चालक आफैंले मात्रै यत्रो अपराध गर्ने आँट गर्नै सक्दैनन्’, सन्तबहादुरले भने, ‘चालकले आफूभन्दा माथिकालाई सोधेर घटना लुकाउन नियतवश यो सब गरेको कुरामा हामीलाई शंका छ ।’

धादिङका प्रहरी प्रमुख एसपी महेन्द्र खड्काले घटनामा मुछिएको डोजरका चालक फरार रहेकाले विस्तृत अनुसन्धान हुन नसकेको बताए । ‘ती महिलाको शव हामीले माटोले पुरिएको अवस्थामा निकालेका हौं । डोजरले ठक्कर दिएपछि मृत्यु भएर जानाजान पुरियो कि घाइते अवस्थामै पुरियो कि ? एक ठाउँमा घटना भएपछि अर्को ठाउँमा लगेर पुरियो कि भन्ने अनुसन्धानमै छौं’, एसपी खड्काले भने । अन्नपूर्ण पोष्ट दैनिकबाट

jagdamba.cement
rbbbb

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७