सरकार र विप्लव समूहबीच बालुवाटारमा औपचारिक वार्ता शुरु


१९ फाल्गुन २०७७, बुधबार
biplav warta team scaled

काठमाडौं, १९ फागुन । सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच औपचारिक वार्ता सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार वार्ता सुरु भएको बालुवाटार स्रोतले जनाएको छ ।

पक्षले मंगलबार आआफ्ना तर्फबाट दुई–दुई सदस्यीय वार्ता टोली गठन गरेको थियो । सरकारले गृहमन्त्री रामबहादुर थापा र प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा.राजन भट्टराई सम्मिलित वार्ता टोली गठन गरेको हो।

विप्लवको वार्ता टोलीका नेता सोमबार साँझै काठमाडौं भित्रिएका थिए । उनीहरूले मंगलबार साँझ टेलिफोनमार्फत सरकारी टोलीसँग अनौपचारिक संवाद गरेका थिए ।प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले २०७५ फागुन २८ मा विप्लवको पार्टी र उसका गतिविधिमाथि प्रतिबन्ध लगाएको थियो।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७